३ असार ०७४, काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले काँग्रेसको स्वार्थका लागि २ नम्बर प्रदेशको चुनाव सारिएको बताएका छन् ।
प्रेस चौतारी नेपालले शुक्रबार आयोजना गरेको अन्तरसंवादमा महासचिव पोखरेलले राष्ट्रिय जनता पार्टीलाई सम्बोधन गर्न चुनाव सारिएको भनिए पनि वास्तवमा पूर्व गृहमन्त्री विमलेन्द्र निधिको सल्लाहमा कांग्रेसको स्वार्थका लागि चुनाव सारिएको दाबी गरे ।
उनले तराईमा आफ्नो वर्चश्व कायम गर्न कांग्रेसले चुनाव सारेको आरोप पनि लगाउँदै
तेस्रो चरणको चुनाव सार्न नदिने गरी आफूहरूले खबरदारी गर्ने बताए ।