एमालेले मधेसी र पहाडेलाई फुटाउन खोजेको प्रधानमन्त्रीको आरोप

१९ साउन ०७४, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियताको नाममा एमालेले मधेसी र पहाडेलाई फुटाउन खोजेको आरोप लगाएका छन् ।

कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले दुई नम्बर प्रदेशस्तरीय कार्यकर्ता भेलालाई बिहीबार जनकपुरधाममा सम्बोधन गर्दै एमालेले मधेसी र पहाडेलाई फुटाउन खोजेको भन्दै सबै सतर्क हुनुपर्ने बताएका हुन् ।

‘वर्षौंदेखि मिलेर बसेका मधेसी र पहाडेलाई राष्ट्रियताको नाममा एमालेले फुटाउन खोजेको छ’ देउवाले भने, ‘उबाट सतर्क हुनुपर्छ ।’

आगामी चुनाव कांग्रेसका लागि जीवनमरणको सवाल रहेको भन्दै उनले पहिलो र दोस्रो चरणको स्थानीय चुनावमा आन्तरिक गडबडीका कारण कांग्रेस हारेकाले अब गडबडी सुधारेर पहिलो पार्टी बन्नु पर्ने बताए ।

कार्यक्रममा प्रधानमन्त्री देउवाले मधेस केन्द्रित दलको माग सम्बोधन गर्नका लागि सरकारले संविधान संशोधन गर्ने समेत बताए ।

तपाइको मत