एमालेले राष्ट्रियसभाका लागि सबै प्रदेशको उम्मेदवारको टुंगो लगायो

९ माघ ०७४, काठमाडौं । नेकपा एमालेले राष्ट्रिय सभाका लागि सबै प्रदेशको उम्मेदवारको टुंगो लगाएको छ ।

मं‌गलबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको स्थायी कमिटीको बैठकले प्रदेश १, २, ३ र ४ का उम्मेदवारको टुंगो लगाएको हो । प्रदेश नं ५, ६ र ७  का उम्मेदवारको टुंगो सोमबार बसेको बैठकले लगाएको थियो ।

प्रदेश नं १बाट

१ नैनकला ओझा (महिला), मोरङ
२. खेम नेपाली (दलित), मोरङ
३. हरिचरण सिवाकोटी (खुला), झापा
४. परशुमेघी गुरुङ (खुला), संखुवासभा
५. अगम बान्तवा (अल्पसंख्यक), इलाम

प्रदेश नं २ बाट

१. सुमन प्याकुरेल (खुला), सप्तरी

प्रदेश नं ३ बाट

१. पार्वती रावल (महिला), चितवन
२. उदया शर्मा (महिला), काठमाडौं
३. सिंहबहादुर बिक (दलित), सिन्धुपाल्चोक
४. वलराम बाँस्कोटा (खुला), काठमाडौं
५. बेदुराम भुसाल (खुला) ,काठमाडौं
६. रामचन्द्र राई दनुवार (अल्पसंख्यक), मकवानपुर

प्रदेश नं ४ बाट

१. रामबहादुर थापा (अपांगता), स्याङ्जा
२. गणेश तिमिल्सिना (खुला), पर्वत
३. शान्ति अधिकारी (महिला), बाग्लुङ
४. दीपा गुरुङ (महिला), लमजुङ

सोमबार नै छनाेट भएका १३ उम्मेदवार

प्रदेश नं ५ बाट

१. रामलखन हरिजन (दलित), पश्चिम नवलपरासी
२. खिमलाल भट्टराई (खुला), रुपन्देही
३. मीना बुढा (महिला), रोल्पा
४. कोमल वली (महिला), दाङ

प्रदेश नं ६ बाट

१. कविता बोगटी (महिला), हुम्ला
२. नन्दा शर्मा ( महिला), सुर्खेत
३. नरपति लोहार (दलित), कालिकोट
४. भैरवसुन्दर श्रेष्ठ (खुला), जाजरकोट
५. ठगेन्द्र पुरी (खुला) ,पश्चिम रुकुम

 

प्रदेश नं ७ बाट

१. कमला ओली (महिला), कैलाली
२. इन्दु कडेरिया बिष्ट ( महिला), कञ्चनपुर
३. शेरबहादुर कुँवर (खुला), अछाम
४. चक्रप्रसाद स्नेही (दलित), डडेलधुरा

तपाइको मत