एमालेले समर्थन गर्दिनँ भनेको छ, मधेसी मोर्चाले पनि नमान्ने भए किन संशोधन दर्ता गरुँ ? – प्रधानमन्त्री

९ मंसिर, काठमाडौं । प्रधानमन्त्री प्रचण्डलेे लगातार संविधान संशोधनका लागि दबाव दिँदै आइरहेको मधेसी मोर्चाका नेताहरुलाई संशोधन नमान्ने हो भने एमालेले समर्थन गर्दिनँ भनेको छ, संशोधन किन दर्ता गरुँ ? भनेर प्रश्न गरेका छन् ।

बुधबार बालुवाटारमा मोर्चाका नेताहरुले प्रधानमन्त्रीको कडा प्रश्नको सामना मात्रै गर्नु परेन, केही नेताहरुले संविधान संशोधन दर्ता गर्नुस्, त्यसपछि सहमति खोजौंला भन्ने बाहेक चुनावबारे बोल्न सकेनन् ।

प्रधानमन्त्री प्रचण्डलेे संविधान संशोधनबारे छलफल गर्न भन्दै मधेसी मोर्चा र संघीय गठवन्धनका नेताहरुलाई बालुवाटार बोलाएका थिए । र, मधेसी मोर्चाका नेताहरु छिटो संशोधन दर्ता गर्न दबाव दिने मूड बनाएर बैठकमा गएका थिए । तर, बालुवाटारमा प्रचण्डसँगै रहेका नेता नारायणकाजी श्रेष्ठको कडा प्रश्नको सामना गर्नु प¥यो ।

नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले बैठकमा मोर्चाका नेताहरुले सरकारको प्रस्ताव थाहा भइसकेको भन्दै संविधान संशोधन प्रस्तावलाई समर्थन गर्दै चुनावमा जाने कि नजाने ? भनेर प्रश्न गरेका थिए ।

‘हेराैंला, हेरौंला’ भनेर हुँदैन् भन्दै श्रेष्ठले अहिले नै क्लियर गर्नुपर्छ, मोर्चा संशोधनको समर्थन गर्ने वा विरोध गर्दै भए पनि चुनावमा जाने ? भनी प्रश्न गर्दा मधेसी मोर्चाका मुकदर्शक बनेका थिए ।

तपाइको मत