२२ जेठ ०७४, काठमाडौं । एमाले उपाध्यक्ष भीम रावलले सर्वोच्च अदालतको निर्णयलाई स्वीकार गरेर आफ्नो पार्टी अगाडि बढ्ने बताएका छन् ।
मंगलबार संसदको अवरोध हट्ने र प्रधानमन्त्री चयन प्रक्रियामा अवरोध नगर्ने भन्दै रावलले भने, ‘हामी भोलि हुने प्रधानमन्त्री निर्वाचन प्रक्रियामा भाग लिन्छौं तर, देउवाजीको विपक्षमा मत हाल्छौं ।’
चितवनमा मतपत्र च्यातिएको घट्नाका मुख्य दोषी कांग्रेस र माओवादी केन्द्र नै भएको आरोप लगाउँदै उनले सरकारको स्पष्ट धारणा आउनु पर्ने बताए ।
उनले भने, ‘दोस्रो चरणको निर्वाचन स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित र शान्तिपुर्ण हुनुपर्छ ।’
उनले प्रधानमन्त्रीका उम्मेद्धवार देउवा र आफू प्रदेश नम्बर ७ कै स्थायी वासिन्दा भएको भन्दै आफ्नो व्यक्तिगत रुपमा अत्यन्तै राम्रो सम्बन्ध रहेको बताए ।
उनले भने, ‘व्यक्तिगत रुपमा देउवाजी र प्रचण्डजीसँग मेरो राम्रो सम्बन्ध छ । तर देशको जिम्मेवार, लोकतन्त्रको रक्षाविरुद्ध लागे आलोचना गर्नु पर्छ, राम्रा काम गरे शेरबहादुरजीलाई पनि मेरो समर्थन रहन्छ ।’