एमालेसँग चुनावी तालमेलभन्दा पार्टी एकता गर्न सकिने – अनन्त

१५ असोज ०७४, रोल्पा ।  नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ले एमालेसँग चुनावी तालमेलभन्दा पार्टी एकता गर्न सकिने बताएका छन् ।

प्रेस सेन्टर रोल्पाले आइतबार लिवाङमा आयोजना गरेको पत्रकार भेटघाटमा नेता अनन्तले सो कुरा बताएका हुन् ।

‘एमालेसँग चुनावी तालमेलभन्दा पार्टी एकता गर्न सजिलो छ । अब यसबारे बहस गर्न सकिन्छ’ अनन्तले भने ।

अनन्तले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचन अघि एकता सम्भव नभए पनि त्यसपछि बहस चलाउन सकिने बताएको प्रेस सेन्टर रोल्पाका अध्यक्ष नविन लोचन मगरले बताए ।

दुबै दल समाजवादी क्रान्तिको बाटोमा अगाडि बढेकाले पार्टी एकताको सम्भावनालाई नकार्न नसकिने उनको भनाई छ ।

तपाइको मत