एमाले अध्यक्ष ओलीका विश्वासिला पत्रकार अर्काकी श्रीमती लिएर बेपत्ता

८ भदाै, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको जोडबलका कारण प्रेस काउन्सिल सदस्यमा बैशाख १७ गते नियुक्ति पाएका तर सर्वोच्च अदालतको आदेशबाट असार २८ गते पदबाट बर्खास्त भएका पत्रकार दीपक पाठक सबैतिरबाट एकैचोटि साफ भएपछि त्रिविमा अध्यापन गर्ने सहप्राध्यापकको श्रीमती लिएर बेपत्ता भएका छन् ।web Picture

साउन अन्तिम सातादेखि हराएका उनीहरुको अहिलेसम्म पत्ता लागेको छैन । उनीहरु भएजति नम्बर फ्याँकेर वेपत्ता भएका छन् । न्यौपाने थरका प्राध्यापक पाठकले पत्नी उम्काएपछि सात वर्षे छोरोको सुसारमा छन् भने सासूले छोरी खोजी गरिपाँऊ भनी टेकुस्थित प्रहरी परिसरमा निवेदन दिएको जनअास्थामा खबर छ ।

हरिबोधनी एकादशीको बिहान न्यौपाने कीर्तिपुर पुगे । तर फर्किएर आउँदा घरमा पत्नि थिइनन् र पत्नीले चाबहिल चुच्चेपार्टीमा कस्मेटिक पसल छ । त्यसदिन पसलमा भोटे ताल्चा लगाएर बेपत्ता भइन । न्यौपानेले पत्नी खोज्न ससुरालीमा फोन गरे । र, त्यहाँ पनि फेला परिनन् । छोरी हराएपछि आमाले ज्योतिषिलाई देखाइन । ज्योतिषीले पुरुषसँग बेपत्ता भएको भनेपछि उनले प्रहरीकहाँ खोजतलासको जाहेरी दिइन । सामाजिक प्रतिष्ठाका कारण नाम र बतन खोल्न चाहिनन् । पति काममा हिँड्नासाथ दीपक कस्मेटिक पसलमा पुग्थे । न्यौपानेलाई पहिला देखि नै उनीहरुको सम्बन्धबारेमा शंका थियो ।

उता, चाबहिलकै अर्की एक महिलाले आफ्नो पाँचलाख खाएर भागेको भन्दे पाठकको खोजी गरिरहेकी छन् । यसअघि आफ्नो चार लाख रुपैया नतिरेपछि पत्रकार महासंघका केन्द्रीय सदस्य रामहरी सिलवालले पाठकको ९०९३ नम्बरको टोयोटा गाडी तानेका थिए । पैसा तिरेर रामहरीबाट गाडी फिर्ता ल्याएका पाठक त्यसलगत्तै अर्काकी पत्नी लिएर फरार भएका हुन् ।

एमाले अध्यक्ष  केपी ओलीको जोडबलका कारण प्रेस काउन्सिलका सदस्यमा बैशाख १७ गते नियुक्ति पाएका पठकलाई सर्वोच्च अदालतले असार २८ गते पदबाट बर्खास्त गरेको थियो ।

तपाइको मत