एमाले अध्यक्ष ओलीको घरको मूलगेटमा राखिएको बम सेनाद्वारा निष्क्रिय

९ मंसिर ०७४, काठमाडौं । झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको झापास्थित घरको मूलगेटमा राखिएको बम निष्क्रिय पारिएको छ ।

आज बिहान ओलीको घरको मूलगेटमा राखिएको बम नेपाली सेनाको २१ नम्बर बाहिनीबाट आएको बम डिस्पोजल टोलीले  निष्क्रिय पारेको हो । बम विष्फोट हुँदा भौतिक तथा मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णु केसीले जानकारी दिए ।

ओलीको घरमा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली बस्दै आएका छन्।

नेपाली काँग्रेस झापाका सभापति उद्धव थापाको घरमा बम विस्फोट

झापा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा नेपाली काँग्रेस झापाका सभापति उद्धव थापाको घरमा  बम विस्फोट भएको छ ।

गएराति १२ बजे उम्मेदबार थापाको घरमा बम विस्फोट भएको हो । विस्फोटबाट कुनै मानवीय क्षति नभएपनि घरमा पार्किङ गरी राखिएको बा ७ च ६८९५ नं को बोलेरो जिप पूर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ ।

झापाका दुई स्थानमा बम विष्फोट भएपछि झापाको सुरक्षा व्यवस्थालाई थप कडा पारिएको प्रहरी उपरीक्षक केसीले बताए। उनले बम विष्फोट गराउने समूहको खोजीकार्य तीव्र पारिएको बताए ।

तपाइको मत