काँग्रेस-माअाेवादी गठबन्धन भत्काउन माओवादी केन्द्रसँग चुनावी तालमेल – शंकर पाेखरेल

२६ असोज ०७४, काठमाडौं । एमाले नेता शंकर पाेखरेलले नेकपा माओवादी केन्द्र र काँग्रेेसकाे गठबन्धन भत्काउन एमालेले माओवादीसँग चुनावी तालमेल र पार्टी एकता संयाेजन समिति गठन गरेको बताएका छन् ।

नेता पोखरेलले काँग्रेस-माओवादी गठबन्धन कायम रहँदा राष्ट्रिय हित, राज्यका संयन्त्र र शक्ति पृथक्कीकरणको सिद्धान्त कमजोर हुने र सम्वृद्धिको बाटो पनि रोकिने भएकाले माओवादीसँग गठबन्धन गरिएकाे बताएका हुन् ।

प्रधानमन्त्री शेर बहादुर देउवाले अदालत, प्रहरी, संवैधानिक निकाय र कर्मचारी प्रशासनमा हस्तक्षेप गर्न थालेपछि साे गठबन्धन भत्काउन माअाेवादीकाे साथ लिएको नेता पाेखरेलले बताए ।

प्रधानमन्त्री देउवाले प्रधानन्यायाधीश माथिको महाभियोग, प्रहरीमा राजनीतिक हस्तक्षेप गरेर आइजीपी नियुक्ति, भरतपुर निर्वाचन प्रकरणमा निर्वाचन आयोगको भूमिका र मुख्य सचिवलाई सहसचिव सरहको जागिरमा पठाएर कर्मचारीतन्त्र सिध्याउन खोजेपछि अाफूहरू माअाेवादी केन्द्रसँग नजिकिएकाे स्वीकार गरे ।

तपाइको मत