१६ पुस ०७४, काठमाडाैं । प्रतिनिधि सभा सदस्य तथा नेकपा माओवादी केन्द्रका नेता अग्नीप्रसाद सापकोटाले एमाले-माओवादी पार्टीको एकता सम्मान हुने ढंगले हुनु पर्ने बताएका छन् ।
भक्तपुरमा आइतबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सापकोटाले एमाले-माओवादी पार्टी एकतामा ढिलाई गर्न नहुने भन्दै दुई पार्टीको एकता सम्मान हुने ढंगले हुनु पर्ने बताएका हुन् ।
उनले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भए माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पार्टीको अध्यक्ष बनाउनु पर्ने बताए ।
नेता सापकोटाले लोकतन्त्रको हिमायती ठान्ने नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल राजीनामा दिनुपर्ने भन्दै नयाँ सरकार गठन गर्न अवरोध गरिरहेको आरोप समेत लगाए ।