एमाले-माओवादी बीचको पार्टी एकता कार्यकर्ताको हातमा – प्रचण्ड

१६ मंसिर ०७४, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले-माओवादीको पार्टी एकता कार्यकर्ताको हातमा पुगेको बताएका छन् ।

माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालको निर्वाचन क्षेत्र ललितपुर–३ को सुनाकोठीमा अायाेजित चुनावी सभालाई सम्बाेधन गर्दै अध्यक्ष प्रचण्डले शक्तिशाली कम्युनिस्ट पार्टी बनाउन पार्टी एकता गर्ने-नगर्ने विषय कार्यकर्ताको हातमा पुगेको बताएका हुन् ।

अब दुवै पार्टीका शीर्ष नेताहरू आफनो निर्णयबाट पछाडि फर्किने ठाउँ नभएको बताउँदै उनले भने, ‘हामीले गाडी अगाडि बढाइसकेका छौं, त्यसमा चढ्ने वा छोडिने तपाईं के गर्नुहुन्छ ? हाम्रो निर्णयलाई अनुमोदन गर्ने कि उल्टाउने दुवै पार्टीका कार्यकर्ताको हातमा गइसकेको छ ।’

एमाले–माओवादी केन्द्र बीच निर्वाचनसम्म चुनावी तालमेल र त्यसलगत्तै पार्टी एकता गर्ने सैद्धान्तिक सहमति भए पनि अझै शंका गरिएपछि प्रस्टीकरण दिँदै प्रचण्डले अब ५० वर्ष नेपालमा कम्युनिष्टले शासन गर्ने योजनाका साथ पार्टी एकता गर्न लागिएको बताए ।

 

तपाइको मत