एमाले र माओवादीलाई एकीकरण गर्ने भए निवेदन दिन निर्वाचन आयाेगकाे आग्रह

२५ फागुन ०७७, काठमाडौं । निर्वाचन आयोगकाे बैठकले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई एकीकरण गर्ने भए निवेदन दिन आग्रह गरेको छ ।

आयाेगकाे मंगलबार बसेको बैठकले यसअघि भएको एकतासँगै गठित पार्टी बदर भएकाले पुनः एकीकरण गर्ने भए निवेदन दिन आग्रह गरेको हाे ।

आयाेगले दुबै पार्टीलाई दलको नयाँ नाम र चिह्न प्रस्ताव गरी १५ दिनभित्र निवेदन दिन जानकारी गराउने निर्णय गरेको छ ।

यसैबीच नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को आजै बसेको स्थायी कमिटी बैठकले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग छलफल गर्ने निर्णय गरेको छ ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपा एमालेसँग पनि वार्ता गर्ने निर्णय भएको जानकारी दिए ।

उनलेे बुधबार दिउँसो पनि स्थायी कमिटी बैठक बस्ने साथै फागुन २९ गते केन्द्रीय समिति र चैत १ गते कार्यकर्ता भेला गर्ने निर्णय भएको जानकारी दिए ।