एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्ने सहमति

१७ असोज ०७४, काठमाडौं । एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति पार्टी बीच चुनावी तालमेलसँगै पार्टी एकता गर्ने सहमति भएको छ ।

मंगलबार एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेलसँगै पार्टी एकता सहमति भएको हो ।

एमाले र माओवादी केन्द्रबीच चुनाव चिन्हबारे सहमति हुन बाँकी रहेको र सूर्य चिन्हबाट चुनाव लड्दा फरक दलको अस्तित्व नहुने भएपछि माओवादी तालमेल गरेर आफ्नै चुनाव चिन्ह हसिया हथौडा लिएर चुनावमा जाने योजनामा छ ।

तर, नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई सूर्य चिन्हबाट चुनाव लड्ने भएका छन् ।

चुनाव अघि सरकार परिर्वतन नहुने

एमालेसँग चुनावी तालेमलसँगै पार्टी एकता गर्ने सहमति गरेको नेकपा माओवादी केन्द्रले चुनाव अघि सरकार परिर्वतन नगर्ने बताएको छ ।

अहिले माओवादीको समर्थनमा कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा गठवन्धन सरकार छ । माओवादीले प्रमुख विपक्षी एमालेसँग चुनावी तालमेलसँगै पार्टी एकता गर्ने सहमति गरेपछि देउवा सरकारको भविश्यबारे प्रश्न उठेको थियो ।

मंगलबार एमाले र माओवादी शीर्ष नेताहरुको वार्तामा आसन्न चुनावअघि सरकार परिर्वतन नगर्ने सहमति भएको छ ।

माओवादी एक नेताले भने, ‘चुनावी तालमेल र एकता हाम्रो आन्तरिक विषय हो र कांग्रेसले पनि अरु कुनै दलसँग तालमेल वा एकता गर्न सक्छ । हामी सरकारलाई दिएको समर्थन फिर्ता लिन्नौं भन्ने सन्देश दिएका छौं ।’

माओवादीको यो बचनपछि मंसिरको प्रदेश र संसदको चुनाव देउवा सरकारले नै गराउने छ ।

एमाले र माओवादी केन्द्रबीच भएको सहमति पत्र :

तपाइको मत