
कार्यकर्ताको निशानामा परेका सांसद लालबहादुर रावल । फोटो स्रोत : रातोपाटी
३० मंसिर, काठामाडौं । नेकपा एमालेको पार्टी मुख्यालय धुम्बराहीमा एमाले सांसद लालबहादुर रावललाई आफ्नै कार्यकर्ता मानबीर बोहोराले हातपात गरेका गरेका छन् ।
पार्टी मुख्यालयमा स्थायी समितिको बैठक चलिरहेको समयमा बझाङ क्षेत्र नं. २ का सांसद रावललाई एमालेकै कार्यकर्ता बोहोराले ज्ञापनपत्रमा हस्ताक्षर गर्न नमानेपछि हातपात गरेका हुन् ।
बझाङबाट स्थानिय निकायको पुनर्संरचना आयोगले तयार संरचनामा असन्तुष्ट पक्षको १ टोली मुख्यालयमा डेलिगेशन आएको थियो र उनीहरुको उक्त ज्ञापनपत्रमा रावलले हस्ताक्षर गर्न नमानेपछि बोहोराले छातिमा मुक्का हानेको बताइएको छ ।
स्रोत भन्छ, ‘रावलमाथि हातपात भएपछि एमाले नेताहरु ठाकुर गैरे, सुर्य थापा र राजन भट्टराईले छुट्याएका थिए ।’