४ मंसिर, कपिलवस्तु । एम्बुलेन्स र यात्रुबाहक बस एक आपसमा ठोक्किँदा कपिलवस्तुको बुङ्ची दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक विष्णुप्रसाद पोख्रेलका अनुसार बिरामी लिएर कञ्चनपुर फर्कदै गरेको ना १ च ३९६ नंम्बरको एम्बुलेन्स र दाङबाट शैक्षिक भ्रमणका लागि लुम्बिनी आइरहेको ना ४ ख ७९९६ नंम्बरको बस ठोकिएर भएको दुर्घटनामा एम्बुलेन्समा सवार कञ्चनपुर बाइस विजुवाका ५५ वर्षका सुब्बा राना र ६० वर्षकी मदिया रानाको मृत्यु छ ।
प्रहरी निरीक्षक विष्णुप्रसाद पोख्रेलका अनुसार एम्बुलेन्स चालक कञ्चनपुर बाइस विजुवाका मनोज पोख्रेल र अन्य पाँच जना गम्भीर घाइते छन् । उनीहरुको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ ।
जीप दुर्घटनामा दुई जनाको मृत्यु
शनिबार बिहान मकवानपुरको भीमफेदीस्थित जुरिखेतमा भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
काठमाडौंबाट मकवानपुरतर्फ जाँदै गरेको बा ३ च ९२८९ नम्बरको जीप अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।













