११ साउन ०७९, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ ।
बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्ड बैठकले कक्षा १० को माध्यामिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक गरेको हो ।
यस वर्ष एसईई परीक्षामा ४ लाख ९५ हजार ७५१ जना सहभागी भएकोमा ३.६ देखि ४ जीपीएसम्म ल्याउने विद्यार्थीको संख्या नौ हजार ६३३ रहेको बोर्डले बताएको छ ।
शैक्षिक सत्र २०७६ र २०७७ मा आन्तरिक मूल्याङ्कनबाट एसईई नतिजा सार्वजनिक गरेको बोर्डले शैक्षिक सत्र २०७८ को परीक्षा भने बैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गरेको थियो ।













