११ भदौ ०७४, काठमाडौं । दिपेन्द्रसिंह एेरीको कप्तानीमा एसीसी यू-१९ एसिया कप (पूर्वी क्षेत्र) छनौटका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ ।
यू-१९ प्रशिक्षक बिनोद दास र सिनियर क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटाले १४ नियमित र ४ अतिरिक्त खेलाडी सम्मिलित नेपाली टोलीको छनौट गरेका हुन् ।
घोषित टोलीका अन्य सदस्यहरुमा सन्दीप लामिछाने, मोहम्मद आसिफ शेख, सन्दिप सुनार, प्रनित थापामगर, अनिलकुमार साह, पवन सर्राफ, रोहित कुमार पौडेल, किशोर महतो, शाहव आलम, नन्दन यादव, बिक्रमकुमार भुसाल, सन्दिप जोरा र सुमित महर्जन छन् ।
त्यस्तै चार अतिरिक्त खेलाडीमा कमलसिंह ऐरी, ललित राजवंशी, प्रकाश केसी र रिजन ढकाल परेका छन् ।
यसअघि सन्दीप लामिछाने कप्तानी गरेका थिए । नेपाली टोली आगामी भदौ २३ गते मलेसिया प्रस्थान गर्नेछन् ।