सरकारले ओजीडीको सदस्य बन्न समिति बनायो

१४ पुस, काठमाडौं ।

अन्तर्राष्ट्रियस्तरमा काम गर्ने संंस्था खुला सरकार सहकार्य (ओजीडी) मा नेपालको सदस्य प्राप्ति र सहभागीताका सम्बन्धमा अध्ययन गरी सिफारिशसहितको प्रतिवेदन तयार गर्न नेपाल सरकारले एक समिति गठन गरेको छ ।‘राम्रो सरकार र असल शासन’का उद्देश्यहरु हासिल गर्न राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरी बास्कोटाको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरिएको छ । समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको सचिव, प्रधानमन्त्री कार्यालय शासकीय सुधार महाशाखाका सहसचिव र फि्रडम फोरम नेपालका अध्यक्ष छन् । समितिले मंगलबारदेखि नै काम सुरु गरेको छ ।

तपाइको मत