ओली जीले अब पनि चुनाव सर्छ भन्न बेर छैन – प्रधानमन्त्री

२१ मंसिर ०७४, डडेल्धुरा । प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्षलाई संकेत गर्दै ओली जीले अब पनि चुनाव सर्छ भन्न सक्ने बताएका छन् ।

डडेलधुराको गन्यापधुरा वडा नम्बर १ को असिग्राम मावि रुवाखोला केन्द्रबाट मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री देउवाले सो कुरा बताएका हुन् ।

‘चुनाव गरेर ऐतिहासिक जिम्मेवारी पूरा गर्न पाएकोमा खुसी भएको छु,’ देउवाले भने, ‘ओली जीले त भोट हालिसकेपछि पनि चुनाव सर्छ भन्नबेर छैन ।’

उनले निर्वाचनमा कांग्रेसको बहुमत आउने र कांग्रेसकै सरकार बन्ने दावी गर्दै काठमाडौं फर्किने बित्तिकै सातवटै प्रदेशको प्रमुख र राजधानी पनि तोक्ने जानकारी दिए ।

उनले निर्वाचन गराउने ऐतिहासिक जिम्मेवारी पूरा गरेको बताए ।

तपाइको मत