ओली नहुदाँ पार्टी बैठकआह्वान गर्ने जिम्मेवारी प्रचण्डलाई

५ भदौ ०७६, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बैठकले पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुर गएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बैठक बसी सांगठनिक एकता र अन्य निर्णयहरु गर्ने तय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान बसेको सचिवालय बैठकले प्रधानमन्त्रीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सांगठनिक एकताका बाँकी कामबारे छलफल भए पनि ठोस निर्णय नभएको र छिट्टै अध्यक्ष दाहालले बैठक आह्वान गरी निर्णय लिइने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

प्रवक्ता श्रेष्ठले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था जटिल नभए पनि सिंगापुरमा रहँदा चिकित्सकको सुझाव अनुसार पुनः जान लागेको बताए । प्रधानमन्त्री ओली ७/१० दिन सिंगापुर रहने प्रवक्ता श्रेष्ठले बताए ।

नेकपामा प्रवास कमिटी, महानगरहरुको नेतृत्व, पोलिटब्युरो गठन, अन्य केन्द्रीय सदस्यहरुको कार्य्विभाजनलगायत कार्यसूचीमा निर्णय हुन बाँकी छ ।

तपाइको मत