ओली भारत भ्रमणमा जाने

१६ चैत्र ०७४, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चैत २३–२५ सम्म भारत भ्रमणमा जाने भएका छन् ।

पराराष्ट्र मन्त्रालयका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा ओली तीन दिने भारत भ्रमणका जान लागेका हुन् ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा श्रीमती राधिका शाक्यसहित मन्त्री, सांसद, सचिवहरु र उच्च सरकारी अधिकारीहरु रहेछन् । भ्रमण टोलीको को–को हुन्छन् भन्ने व्यक्तिको औपचारिक नाम भने तय भइसकेको छैन । परराष्ट्र र अर्थमन्त्री भने जानेछन् ।

तीन दिने भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भारतीय राष्ट्रपति रामनाथ कोविन्द, उपराष्ट्रपति भेनकाई नायडु, समकक्षी मोदीसँग भेट गर्नेछन् । उनीहरुसँग प्रधानमन्त्री ओलीले दुईपक्षीय हितका विषयमा धारणा राख्नेछन् । भारतीय वरिष्ठ मन्त्रीहरुले नेपालका प्रधानमन्त्री ओलीसँग छुट्टै भेटवार्ता गर्नेछन् ।

ओलीले भ्रमणका क्रममा उत्तराखण्डको पन्तनगरस्थित गोविन्द बल्लभ पन्त कृषि तथा प्रविधि विश्वविद्यालयको आयोजना हुने कार्यक्रममा भाग लिने छन् ।

तपाइको मत