२७ माघ ०७७, काठमाडौं । नेकपा (ओली समूह)को युवाकाे अध्यक्ष बचनबहादुर सिंह चुनिएका छन् ।
राष्ट्रिय युवा संघका संयोजक रामप्रसाद सापकोटा नेकपा (प्रचण्ड-माधव) समूहमा लागेपछि ओली समूहको भेलाले सिंहलाई अध्यक्ष चयन गरेको हो ।
ओली समूहमा युवाकाे अध्यक्ष पदका सिंह र रमेश पौडेल दाबेदार थिए । तर, ओली समूहका नेता महेश बस्नेतले सिंहलाई अध्यक्ष प्रस्ताव गरेपछि उनी अध्यक्ष चुनिएका हुन् ।
यस्तै सहअध्यक्षमा किरण पौडेल र महासचिव रमेश आचार्य चुनिएका छन् ।
यसैगरी उपाध्यक्षमा सन्तोष रावल, रविन थापा, क्षितिज थेबे, अञ्जना अधिकारी, उर्मिला सुनुवार, नृपेन्द्र महत, सञ्जीव झा, रोशन बस्नेत, अमित लामा, गजेन्द्र शाही, अशोक चौलागाईं, किरण गौतम र सुमन पुरी चयन भएका छन् ।
यस्तै उपमहासचिव रामजी सापकोटा र रमेश तिवारी चुनिएका छन् भने मुकेश बुढाथोकी कोषाध्यक्ष साथै राकेश लामा र हिमेश केसी सहकोषाध्यक्ष चयन भएका छन् ।