२८ फागुन ०७७, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पक्षमा खुलेर लागेका नेकपा माओवादी केन्द्रका नेताहरूलाई एमालेको स्थायी कमिटी सदस्य र केन्द्रीय सदस्य बनाएका छन् ।
सर्वोच्चकाे फैसलापछि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ब्युँतिएपछि बालुवाटारमा शुक्रबार बसेको ओली समूहको केन्द्रीय कमिटी बैठकले माओवादीमा नफर्किएका नेतालाई एमालेको स्थायी कमिटी र केन्द्रीय सदस्य बनाएकाे हाे ।
माओवादी केन्द्रका पूर्वनेता लेखराज भट्टले माओवादी केन्द्रमा स्थायी कमिटी सदस्य रहेकाहरूलाई एमालेको पनि स्थायी कमिटी सदस्य बनाइएको बताए ।
एमालेको ओली समूहले मनोनयन गरेका माओवादी केन्द्रका पूर्वनेताहरू
१) रामबहादुर थापा
२) टोपबहादुर रायमाझी
३) लेखराज भट्ट
४) मणिचन्द थापा
५) प्रभु साह
६) टंक आङबुहाङ
७) पासाङ शेर्पा
८) ज्वाला साह
९) टेकबहादुर बलामी
१०) कमल जंग
११) मनोज थापा
१२) विषमलाल अधिकारी
१३) लिलाबहादुर थापा
१४) दधिराम न्यौपाने
१५) दिनेश पन्थी
१६) नवीन रोका
१७) धर्मराज रेग्मी
१८) डम्बर विष्ट
१९) गौरीशंकर थारु
२०) झपट बोहरा
२१) दावा लामा
२२) चन्द्रबहादुर खड्का