
१० भदौ ०७९, कास्की । अखिल नेपाल औधोगिक मजदुर संघ गण्डकी प्रदेश समितिको दोस्रो भेलाले तीर्थराज अधिकारीको अध्यक्षतामा १७ सदस्यीय समिती सर्वसम्मत चयन गरेको छ ।
पोखरा औधोगिक क्षेत्रमा भएको दोस्रो भेलाले अधिकारीको अध्यक्षतामा गठित समितिको उपाध्यक्ष सुकु दरै, सचिव टंकबहादुर झाँक्री मगर, सहसचिव भोज दर्लामी मगर, कोषाध्यक्ष नवीना घिमिरे सर्वसम्मत चयन गरेको छ ।
यस्तै सदस्यहरूमा मोहनबहादुर मगर, बयान खनाल, पदम दुरा, रबिन्द्र राना, बुद्धिसरा गुरूङ, लक्ष्मी भुजेल, फिर्तुलाल चौधरी, शान्ति गुरूङ, भोजधर दुलाल, गिता भुजेल रहेका छन् ।

उक्त भेलामा नेकपा (माओवादी केन्द्र)का पिबिएम राजकाजी गुरुङको प्रमुख आतिथ्य साथै अखिल नेपाल ट्रेड युनियन महासंघका उपाध्यक्ष एवम् गण्डकी प्रदेश इन्चार्ज एसबी थापामगर र अन्टुफ गण्डकीका अध्यक्ष रूद्र गौतमको विशेष आतिथ्य रहेको थियोे ।

यस्तै भेलामा अन्टुफ केन्द्रीय सदस्य टंक पौडेल, सेक्युरिटी मजदुरका केन्द्रीय उपाध्यक्ष होम खुलाल, गण्डकी उपाध्यक्ष बालकुमार खवास, स्वास्थ्य श्रमिकका गण्डकी प्रदेश अध्यक्ष छवि पौडेल, पोखरा ओैधोगिक क्षेत्र व्यवस्थापन कार्यालय प्रमुख किशोर पाण्डेको आतिथ्य रहेको थियोे ।
औधोगिक मजदुरका गण्डकी प्रदेश भेला आयोजक समितिका संयोजक भोजराज खत्रीको अध्यक्षतामा भएको भेलाको सञ्चालन लोकबहादुर भुजेलले गरेका थिए ।
प्रेम कुमालको अध्यक्षतामा औधोगिक मजदुरको कास्की जिल्ला कार्यसमिति चयन
यसैबीच अखिल नेपाल औधोगिक मजदुर संघ कास्की जिल्ला समितिको चौथो भेलाले प्रेम कुमालको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

कुमालको अध्यक्षतामा गठित समितिको उपाध्यक्ष रूपबहादुर बन्जरा, देवी रायमाझी, सचिव देब गुरुङ, सहसचिव अमृतराज अधिकारी, कोषाध्यक्ष भिमबहादुर रेग्मी रहेका छन् ।
यस्तै सदस्यहरूमा लालबहादुर डिसा, श्याम क्षेत्री, मिनबहादुर खवास, सपिन्द्र ढुंगाना, माधव भट्टराई, सरिता ढकाल, पदमराज केसी, कृष्ण पौडेल, रञ्जना परियार, अनिता गुरुङ, रासबहादुर पुन, लक्ष्मी रिमाल, शंकर न्यौपाने, गिता कार्की सर्वसम्मत निर्वाचित भएका छन् ।













