औधोगिक मजदुर संघको पहलमा एक सय ६७ मजदुरलाई राहत बितरण

२१ बैशाख ०७७, काठमाडौं । अखिल नेपाल औद्योगिक मजदुर संघ चप्पल कारखाना इकाई समितिको पहलमा अति विपन्न मजदुर परिवारलाई राहत वितरण गरिएको छ ।

अखिल नेपाल औद्योगिक मजदुर संघका केन्द्रीय अध्यक्ष भुमबहादुर रेग्मी ‘किरण’ले दिएको जानकारीअनुसार बिहान बेलुकी छाक टार्न मुस्किल अति विपन्न एक सय ६७ जना मजदुरहरुलाई राहत बितरण गरिएको हो ।

धुम्बाराही चप्पलमा कारखानामा कार्यरत ती मजदुरहरुलाई प्रतिव्यक्ति दश किलो चामल, दाल एक किलो, नुन एक प्याकेट र तेल १ प्याकेटका दरले राहत बितरण गरिएको अध्यक्ष किरणले जानकारी दिए ।

उक्त राहत वितरण मूल इकाई कमिटीका अध्यक्ष एवम् अन्टुफ केन्द्रीय सदस्य अर्जुन खत्रीको विशेष पहलमा भएको उनले बताए ।