२९ पुस ०७४, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेत र स्वास्थ्य सचिव पुष्पा चाैधरी आठ क्विन्टल औषधि र स्वास्थ्यकर्मीकाे टाेली लिएर जाजरकोटको भाइरल प्रभावित क्षेत्र पुगेका छन् ।
शनिबार जिल्लाका सांसद् र चिकित्सकसहितकाे टाेली जाजरकोटको जुनीचाँदे गाउँपालिका नम्बर १, २ र ३ वडामा केही समयदेखि फैलिएकाे भाइरल प्रकाेप नियन्त्रणमा नअाइरहेका बेला उक्त टोली औषधि लिएर पुगेका हुन् ।
टाेलीले प्रभावित क्षेत्रमा औषधि वितरण गर्ने र सदरमुकाममा अन्तर क्रियासहित विशेष निर्देशन दिने कार्यक्रम रहेको छ ।
भाइरलका कारण अहिलेसम्म १३ जनाकाे ज्यान गइसकेकाे छ भने कैयन संक्रमित छन् । जाजरकाेटबाट काठमाडौँ ल्याएर राष्ट्रिय प्रयोगशाला जाँच गरेको बिरामीको नमूनामा मौसमी रुघाखोकी भएको पुष्टि भएको छ ।