२३ पुस ०७८, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ को २०७८ असोज ११ गते लिएको ग्रेडवृद्धि तथा आंशिक परीक्षाको नतिजा प्रकाशित गरेको छ ।
कूल चौबीस हजार ७ सय २४ जना विद्यार्थी परीक्षामा सहभागी भएकामा ७९.०६ प्रतिशत उत्तीर्ण भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
ग्रेडवृद्धि तर्फ २१ हजार ८१६ जना र आंशिकतर्फ २ हजार ९०८ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।













