२७ फागुन ०७६, काठमाडौं । वैदेशिक रोजगार विभागले व्यक्तिगत र संस्थागत रुपमा कतार जान चाहने नेपाली कामदारको लागि श्रम स्वीकृति दिन रोक लगाएको छ ।
कतार सरकारले सोमबारदेखि नेपालसहित १४ देशबाट आउने नागरिकलाई कतार प्रवेशमा रोक लगाएको भोलिपल्टदेखि विभागले श्रमस्वीकृतिमा रोक लगाएको हो ।
विभागले अर्को सूचना जारी नभएसम्म कतारबाट बिदामा आएका कामदारलाई पनि पुनः श्रमस्वीकृति दिन रोक लगाएको कार्यालय प्रमुख उमेश बस्नेतले बताए ।














