कतार । महोत्तरीको औराही–१ का अनिल चौधरीलाई कतारमा मृत्युदण्ड दिइएको छ ।
उनलाई मृत्युदण्ड दिइएकोबारे कतारस्थित नेपाली दूतावासलाई जानकारी गराइएको र दूतावासले काठमाडौंस्थित कन्सुलर विभागमा यसबारे जानकारी गराइसकेको जनाएको छ ।
कतारी नागरिक उमैर मोहम्मद उमैर अल रमाजानी अल–नुयमीको हत्यामा दोषी ठहर गर्दै चौधरीलाई अदालतले मृत्युदण्डको फैसला सुनाएको थियो । तल्लो अदालतको फैसलालाई माथिल्लो अदालतले अनुमोदन गरेपछि जेल प्रशासनले मृत्युदण्ड कार्यान्वयन गरेको हो ।
क्लिनिङ कम्पनीमा सामान्य मजदूरी गर्ने चौधरी २०१५ अगष्ट २७ गते कतार गएका थिए । उनको शव नेपाल ल्याउन कतार सरकारले अनुमति दिएको बताइएको छ ।













