३१ चैत, बर्दिया । मुक्त कमलरी विकास मञ्च बर्दियाकी अध्यक्ष सिर्जना चौधरीले आत्महत्या गरेकी छिन् ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भरत बोहराले बबई नगरपालिका–१० की स्थायी बासिन्दा चौधरीले बुधबार राति करिब ८ बजेतिर आफू डेरा गरी बसेको गुलरिया नगरपालिका–६ स्थित कोठामा आत्महत्या गरेको जानकारी दिए ।
आत्महत्या किन गरिन् भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।