२९ माघ, काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले पार्टीको एकता महाअधिवेशनले राजतन्त्र बारे टुंगो लगाउने बताएका छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा अध्यक्ष थापाले संसदको यही कार्यकालमा हिन्दूराष्ट्र स्थापित गराएरै छाड्ने बताउँदै अर्को साता सुरु हुने एकता महाअधिवेशनले राजतन्त्र बारे टुंगो लगाउने बताएका हुन् ।
मुलुकको राष्ट्रिय एकतालाई बलियो बनाउन तथा राष्ट्रियता र स्वाधिनताको रक्षाको लागि एउटा अन्तिम संरक्षकका रुपमा राजसंस्था हुनुपर्ने मतलाई महाधिवेशनले अनुमोदन गर्ने उनको विश्वास छ ।
‘देशलाई एक बनाउनको लागि राजसंस्था बनाउन आवश्यक छ, त्यसको लागि राप्रपाले महाधिवेशनले एउटा निर्णय लिन्छ’ उनले भने, संवैधानिक राजसंस्थाको पक्षमा हाम्रो पार्टी छ ।’













