कमल थापाले १५ कार्यकर्तालाई दिए राजनीतिक नियुक्ति

१० माघ ०७४, काठमाडौं । उपप्रधानमन्त्री तथा राप्रपा अध्यक्ष कमल थापाले १५ जना कार्यकर्तालाई राजनीतिक नियुक्ति दिलाएका छन् ।

दिलनाथ गिरीलाई हटाएर शहरी विकास मन्त्रालय आफैं लिएका थापाले बिभिन्न १५ नगर विकास समितिको अध्यक्षमा राप्रपा कार्यकर्तालाई नियुक्त गरेका हुन् ।

नयाँ सरकार आउनुअघि सबै ठाउँमा नियुक्ति गरिसक्ने योजना अनुरुप यी निर्णय भएको मन्त्रालयका एक उच्च अधिकारीले बताए ।

 १५ नगर विकास समितिमा नियुक्ति गरिएका अध्यक्षका नामावली 

  1. कपिलवस्तुको शिवराज नगर विकास समितिको अध्यक्षमा बालाराम बुढा
  2. डोटीको दिपायल सिलगडी नगर विकास विकास समितिको अध्यक्षमा अशोककुमार सोव
  3. डोटीकै शिखर नगर विकास समितिको अध्यक्षमा लोकेन्द्रबहादुर अधिकारी
  4. कैलालीको गौरीगंगा नगर विकास समिति अध्यक्षमा कृष्ण देउवा
  5. रुकुमको आठविसकोट नगर विकास समितिको अध्यक्षमा जनक बटाला
  6. प्युठानको स्वर्गद्वारी नगर विकास समिति अध्यक्षमा दुर्गा रेग्मी
  7. बैतडीको पुर्चौंडी नगर विकास समितिको अध्यक्षमा मदनबहादुर विष्ट
  8. रुपन्देहीको तिलोत्तमा नगर विकास समिति अध्यक्षमा बेलप्रसाद शर्मा
  9. रुपन्देहीको देवदह नगर विकास अध्यक्षमा मनकुमार कनौजे
  10. नवलपरासीको सुनवल नगर विकास समिति अध्यक्षमा सूर्यप्रसाद न्यौपाने
  11. दैलेखको दुल्लु नगर विकास समिति अध्यक्षमा हंसबहादुर खड्का
  12. नवलरासीको बर्दघाट नगर विकास उसमितिको अध्यक्षमा डिलबहादुर थापा
  13. अर्घाखाँचीको भूमिकास्थान नगर विसका समिति अध्यक्षमा शिवबहादुर आचार्य
  14. शीतगंगा नगर विकास समिति अध्यक्षमा बिष्णुप्रसाद गैरे
  15. बाँकेको कोहलपुर नगर विकास अध्यक्षमा अवराज खड्का

तपाइको मत