२० असार ०७७, काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टहरुले पाएको दुईतिहाई नजिकको मत समस्या बन्ने हो कि भन्ने आम नागरिकमा आशंका उत्पन्न भएको बताएका छन् ।
सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले बागमत प्रदेशका आयोजना गरेको छलफलमा नेता पौडेलले कम्युनिष्टहरुले पाएको झण्डै दुइतिहाई जनमत मुलुकका लागि नै दुर्भाग्यपूर्ण हुनेमा आशंका व्यक्त गरेका हुन् ।
विश्वमा कम्युनिष्टहरु समस्या जन्माउन सफल तर समाधान दिन असफल रहेको भन्दै उनले नेपालमा पनि कम्युनिष्टहरुले यो कुरालाई पुष्टि गरेको बताए ।
गान्धीवाद समाजवाद नभए पनि गान्धीवादमा आधारित समाजवादले विश्वलाई जोगाउने भन्दै नेता पौडेलले मुलुकमा संकट परेका बेला भ्रष्टाचार र सत्ताका लागि भाँडभैलो गर्नु नै कम्युनिष्टहरुको वैज्ञानिक समाजवाद हो भनी प्रश्न गरेका छन् ।