कम्युनिष्ट मगरहरु मगरवादी, जातिवादी हुँदैन – सांसद तुलाराम घर्ती मगर

२९ माघ ०७७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का लुम्बिनी प्रदेश सभा सदस्य तुलाराम घर्ती ‘बसन्त’ले विचार नै सर्वेसर्वा भएकाले मगरवादी, जातिवादी हुन नहुने बताएका छन् ।

नेकपा (प्रचण्ड–माधव) समूह निकट आदिवासी जनजाति मगर संघ, नेपालको पेरिसडाँडा, कोटेश्वरमा आयोजित राष्ट्रिय भेलामा बोल्दै प्रदेश सभा सदस्य घर्तीले यस्तो बताएका हुन् ।

‘हामी विशुद्ध मगरवादी, जातिवादी भयौं भने गा-हो हुन्छ । हामी माक्र्सवादी–लेनिनवादी हुने हो,’ प्रदेश सांसद घर्तीले भने, ‘हामी ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी हुने हो । विचार नै सर्वेसर्वा भएकाले मगरवादी, जातिवादी हुनु हुँदैन, कम्युनिष्ट मगरहरुले यही कुरा बुझ्नु पर्दछ ।’

प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेर असंवैधानिक कदम चालेको भन्दै उनले पद प्रतिष्ठाको लोभले गर्दा मान्छेहरुले अपराध गर्ने बताए । उनले भने, ‘लोभले गल्ती गराउँछ-गराउँछ, पद, प्रतिष्ठाको भोकले अपराध समेत गराउँछ ।’

मगर कम्युनिष्टहरु विगतदेखि आजसम्म अपवादबाहेक कहिल्यै लोभि र कायर नभएको बताउँदै उनले इतिहासमा अहिलेसम्म दुई जनामा मात्रै देशको प्रधानमन्त्री भएको उदाहरण समेत दिए ।