एजेन्सी / मानिस खाना नखाए पनि केही दिन जीवित रहन सक्छन् । तर, पानी बिना जीवित रहन मुस्किल छ भने कम पानी पिउनु स्वास्थ्यका लागि निकै प्रतिकूल हुन्छ ।
कम पानी पिउँदा प्यासको महसुस हुने मात्रै होइन, शरीरमा पनि कैयन नकारात्मक समस्याहरु उत्पन्न हुन्छन् । पानीको कमीका कारण हुने स्वास्थ्य समस्या :
१. पानीको कमीले उमेर नै नपुगेका व्यक्ति पनि पाको देखिन्छ । अनुहार चाउरी पर्ने तथा छालाको चमक हराउने लगायतका समस्या देखिन्छ ।
२. शरीरमा पानीको कमी हुँदा मोटाबलिज्मको प्रक्रिया सही ढंगले हुन पाउँदैन र शरीरमा अनावश्यक मात्रामा बोसो जम्मा हुन थाल्छ ।
३. मांसपेशीहरु खुम्चिन थाल्छन् ।
४. कम पानी पिउँदा छालाको चमक हराई रुखो र फुस्रो देखिन थाल्छ ।
५. हड्डी र जोर्नीहरु दुख्छ भने त्यो पानीको कमीका कारण हुनसक्छ ।
६. कम पानी पिउँदा आँखा पनि सुख्खा हुन थाल्छ । यदि चस्माको साटो लेन्सको प्रयोग गर्नुहुन्छ भने त तपाईंका लागि पानी झनै जरुरी छ ।
७. कम पानी पिउनेहरुमा दाँत र जिब्रो सम्बन्धी समस्याहरु बढी देखिन्छ ।
८. शरीरमा पानीको मात्रा कम हुँदा चक्कर लाग्ने समस्या हुन्छ । साथै कमजोरी महसुस हुन्छ ।