करिस्माको बिल र नेक्स् स्टारको भ्याट बिल !

काठमाडौं । 

सुन्दा पत्याउनै पनि गाह्रो तर यथार्थ । प्रसङ्ग हो, थोक विक्रेता चाईनीज मोबाईलको, काठमाडौंको महाबौद्धस्थित खासा बजारले चिनीमे कुमारी अर्केडको पसल नं (F- 3) को । जहाँबाट उपत्यका भित्र र बाहिरका मोबाईल पसलहरुमा चाईनिज र भारतीय बिभिन्न ब्रान्डका मोबाइलहरु सप्लाई हुन्छ ।

नपत्याउने सानो कोठबाट दैनिक १० लाख भन्दा बढीको कारोबार हुने यस पसलबाट चाडबाडको समयमा २५ लाख सम्मको कारोबार हुने यसै पसलको स्टोरमा काम गर्ने एक कामदारले नाम उल्लेख नगर्ने सर्तमा सुनाए ।

प्रायः धेरै जसो उपत्यका बाहिर प्लेनबाट वा गाडीबाट सामान कार्गो गरी पठाइने र अ‍ै आई. एम. ई. बाट रकम असुल्ने यो पसलमा तीनदेखि पाँच जना कामदारहरु बिहानदेखि बेलुकासम्म भ्याइ–नभ्याई काममा हुन्छन् ।

पसल चलाउने कुमारी अर्केडमा भिजिटिङ् कार्ड दिइन्छ बागबजार नेक्स् स्टार बिजिनेस हाउसको । यस पसलले ९०%  चाईनिज सामान बेच्छ्न तर भ्याट बिल हुन्छ भारतीय कलर्स मोबाईलको ।

थोक खरिद कर्ता अर्कै व्यक्ति हुन्छ तर भ्याट बिल अर्कै मान्छे को नाममा काटेको हुन्छ ।

सामान करिस्मा ईन्टरनेसनलको नामबाट बिल काटछ तर भ्याट बिल नेक्स् स्टार बिजिनेस हाउसको नाममा राज्यलाई नै चुनौति दिँदै यस्तो गैरकानुनी कार्य गर्ने ‘करिस्मा ईन्टरनेसनल’ नामको यो पसलको छानविन गरे वास्तविकता बाहिर आउने यही पसलका कार्यरत एक कामदारले बताए ।

यस पसलले राजस्व छली गर्दै आएकाले कानुनी दायरामा ल्याई थप अनुसन्धान गर्नुपर्ने सोही पसलको स्टोरमा कार्यरत कामदार बताउँछन् ।

तपाइको मत