८ असार ०७४, काठमाडौं । कर फरछ्यौट आयोगका अध्यक्ष र सदस्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उपस्थित हुन अस्वीकार गरेका छन् ।
अख्तियारले उनीहरुलाई देखेमा खबर गर्न भन्दै सार्वजनिक सूचना निकालेको छ ।
अख्तियारले आयोगका सदस्य सचिव एवं राजश्व अनुसन्धान विभागका प्रमुख चुडामणि शर्मालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । साथै अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकाललाई पनि आयोगमा उपस्थित हुन पत्र काटेको थियो ।
तर, महत र ढकाल अख्तियारमा हाजिर भएका छैनन् । उनीहरु फरार छन् । अख्तियारले बिहीबार सूचना निकालेर उनीहरुलाई भेटे आयोगको हटलाइन १०७ मा वा प्रहरीलाई खबर गर्न आग्रह गरेको छ ।