कलंकी मालपोतका नायब सुब्बाद्वय घुस लिँदालिँदै पक्राउ

१८ मंसिर ०७४, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, कलंकीका दुई जना कर्मचारीलाई घुस लिँदालिँदै पक्राउ गरेको छ ।

आयोगले मालपोत कार्यालयका नायब सुब्बाद्वय शेरबहादुर थापा र नारायणमणि खनाललाई जग्गा धनी प्रमाण पुर्जा बनाउन सेवाग्राहीबाट ३० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ गरिएको जनाएको छ ।

 

आयोगका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले उनीहरुमाथि थप अनुसन्धान भइरहेको जानकारी दिए ।

तपाइको मत