१५ असार ०७४, बारा । बाराको जिल्ला अस्पताल कलैयामा औषधी खरिदमा लाखौ रुपैयाँ कमिशनको चलखेल भएको जनाइएको छ ।
२० लाखको औषधी खरिदमा निःशुल्क रहेको औषधी समेतको खरिद बिलमा जोडिएको देखिएको हो । त्यसैगरी औषधी खरिद गर्दा छुट मिल्ने अधिकांश औषधीमा तथा स्कीमको समेत व्यवस्था गरिएका औषधीहरु मध्ये स्टासेफको मुल्य प्रति भाइल ८८ तोकिएको हुन्छ जसमा बोनस १०० प्रतिशत हुन्छ र छुट २० प्रतिशत अलग अलग हुन्छ । लगभग प्रति भाइलको हिसाब जोडियो भने ३८ देखि ४० रुपया सम्म प्रति भाइलको मुल्य पर्छ तर असपतालको औषधी खरिदमा औषधीको खुद्रा मुल्यमात्र जोडेको देखिन्छ । यस्तै डाइजोपाम, फेरो एम, अइरन चक्की, कलोरामीन लगायतका औषधी निःशुल्क रहेता पनि बिलमा यस्ता सबै औषधीको मुल्य खुद्राको हिसाबले जोडिएको पाइएको हो ।
नेशनल हेल्थ केयरबाट खरिद गरिएको २० लाखको थोक मुल्य जोडदा करिब ११ लाख सम्मको मात्र देखिन्छ । औषधी खरिद गर्दा टेण्डर प्रक्रिया पुरा गर्नुपर्ने हुन्छ र त्यसमा पनि दुई सता अगाडि सार्वजनिक सुचना निकाल्नु पर्ने प्रवधान रहेको छ । फार्मेसी सञ्चालन फरमासिष्ट खरिद ऐन २०६३ अस्पताल फार्मेेसी सेवा निर्देशिका २०७२ र औषधी ऐन २०३५को दफा २६ अनुसारको नियमावली मिचेर मोटो रकमको प्रलोभनमा परेर मेडिकल सुपरिटेण्ड इमरामुल हकले आफ्नो अनुकुलका कर्मचारीलाइ मिलाएर औषधी खरिद गरेको अस्पताल व्यवस्थापनका अध्यक्ष सचिता नन्द ठाकुरले जनाएका छन् ।
यस विषयमा मेसु डा. इमामुलहकसँग सोध्दा आफुलाई यसको बारेमा जानकारी नरहेको प्रशासनलाई जानकारी होला तर हामी नियम पूर्वक औषधी खरिद गरेको बताए ।