२४ असोज ०७४, राजविराज । काँग्रेसका महासमिति सदस्य सुरेन्द्र प्रसाद यादवसहित २ दर्जन बढी काँग्रेसका नेता कार्यकर्ता राष्ट्रिय जनता पार्टीमा नेपालमा प्रवेश गरेका छन् ।
स्वतन्त्र उम्मेदवारी दिएर विष्णुपुर गाउँपालिकाको अध्यक्षमा झिनो मतले पराजित यादवले पार्टीले उम्मेदवारी चयनमा मनपरी गरेको भन्दै स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
उनीसँगै काँग्रेस निकट प्रजातान्त्रीक स्वतन्त्रता सेनानी संघ सप्तरीका कार्यवाहक अध्यक्ष सूर्य नारायण यादव पूर्व गाविस अध्यक्ष देवनारायण यादव, विष्णुपुर गाउँपालिका वडा नं. ३ का नवनिर्वाचित स्वतन्त्र उम्मेदवार बहादुर सदा, क्रियाशील सदस्य सकलदेव मण्डल, विनोद राय, विकन साह, रामदेव मण्डल सहित २७ जना राजपामा प्रवेश गरेका हुन् ।
मंगलबार सदरमुकाम राजविराजमा राजपाद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा नव प्रवेशीहरुलाई अध्यक्ष मण्डलका संयोजक सुनिलकुमार झा, केन्द्रीय सदस्य रामपृत यादव, दिनेश यादव, लक्ष्मण यादव, सतिषकुमार सिंह, नरेन्द्र यादव लगायतले फुलमाला र अविर लगाई स्वागत गरेका थिए ।
सो अवसरमा महासमिति सदस्य यादवले कांग्रेस पार्टीको जिल्ला नेतृत्व एकल र मनोामानी ढंगले चलेको आरोप लगाउँदै सोही कारण पार्टी परित्याग गरेको बताए ।
पुराना कांग्रेसीहरुले धमाधम पार्टी छाडन थालेपछि जिल्लामा कांग्रेस थप कमजोर बन्दै गएको काँग्रेसकै स्थानीइ कार्यकर्ताहरु बताउन थालेका छन् ।
पार्टीलाई व्यवस्थित गर्न नसकेको तथा टिकट वितरणमा देखिएको हचुवा प्रवृत्तिले कांग्रेसको पकड कमजोर बन्दै गएको उनीहरुको भनाई छ ।