२२ कार्तिक ०७४, नेपालगन्ज । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री कमल थापाले आफूहरुले काँग्रेससँग गठबन्धन गरेको बताउँदै झापामा वाम गठबन्धनसँग चुनावी तालमेल गर्नु बाध्यता भएको बताएका छन् ।
बुधबार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री थापाले झापामा वाम गठबन्धनसँग तालमेल गर्नु बाध्यता भएको बताएका हुन् ।
वाम गठबन्धनविरुद्ध कांग्रेस र राप्रपाबीचको चुनावी एकता भएको भन्दै थापाले भने, ‘झापामा अपवादको रुपमा वाम गठबन्धनसँग तालमेल गर्नु हाम्रो बाध्यता हो ।’
‘लोकतन्त्र र स्थायित्वको लागि नेपाली कांग्रेसको नेतृत्वमा राप्रपा र अन्य लोकतन्त्रवादी शक्तिबीच गठबन्धन भएको हो’ उपप्रधानमन्त्री थापाले भने ।
आगामी मंसिर १० र २१ गतेको आम निर्वाचनमा जनताले फैसला गर्ने भन्दै उनले लोकतन्त्रको बिकल्प नभएको बताए ।