दुई नम्बर प्रदेशको मत परिणाम, प्रमुख दलकै भिडन्त जारी

३ असोज ०७४, काठमाडौं । असोज २ गते सम्पन्न प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनको पछिल्लो मत परिणाम अनुसार काँग्रेस-एमाले-माओवादी केन्द्र-संघीय समाजवादी-राजपाले विभिन्न पालिकाबाट जित निकाल्न सुरु गरेको छ ।

पर्सा
प्राप्त रिपोर्टअनुसार पर्साको ठोरी गाउँपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रका रामप्रकाश कुँवरको प्यानल विजयी भएको छ ।

यसैगरी पटेर्वा सुगौली गाउँपालिका वडा न १ मा एमालेका फरमान मिया अन्सारीको प्यानल र बिन्दवासीनी गाउँपालिका वडा नम्बर १ मा एमालेकै सगिर मियाको प्यानल विजयी भएका छन् ।

यस्तै पर्सागढीमा नेपाली काँग्रेसका तुला चौधरीको प्यानल विजयी भएका छन् ।

बारा
त्यस्तै बाराको देवताल गाउँपालिका वडा नं. १ मा माओवादी केन्द्रका पन्नालाल साहको प्यानल विजयी भएको छ ।

सिरहा
सिरहाको औरही गाउँपालिका वडा नम्बर १ मा संघीय समाजवादीका तुलसी ठाकुरको प्यानल विजयी भएको छ । यसैगरी कर्जन्हा नगरपालिका वडा नम्बर १ मा माओवादी केन्द्रको मोहन बहादुर खत्रीको प्यानल विजयी भएका छन् ।

यस्तै भगवानपुर गाउँपालिका वडा नं. १ मा संघीय समाजवादीका बद्रीनारायण यादवको प्यानल विजयी भएका छन् भने लहान नगरपालिका वडा नम्बर २ मा काँग्रेसको सियाराम यादवको प्यानल विजयी बनेका छन् ।

धनुषा
यसैगरी धनुषाको ३ वटा वडामा एमाले साथै माओवादी केन्द्र र फोरम नेपाल एक–एक वडामा विजयी भएका छन् । गणेशमान चारनाथ नगरपालिका वडा नं. ११ मा माओवादी केन्द्र विजयी भएको छ ।

यसैगरी धनुषाको हंशपुर नगरपालिका २ मा राष्ट्रिय जनता पार्टी नेपालका उदय साह विजयी भएका छन् ।

सर्लाही
सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर १ मा एमालेका राम बहादुर क्याप्छाकी विजयी भएका छन् ।

रौतहट
रौतहटको फतुवा विजयपुर नगरपालिकाको एक वडामा नेकपा माओवादी केन्द्रका सञ्जय साहको प्यानल नै विजयी
भएका छन् ।

यस्तै रौतहटको परोहा नगरपालिका वडा नम्बर १ मा काँग्रेसका शेख महम्मद विजयी भएका छन् ।

तपाइको मत