काँग्रेस र राजपाद्वारा संसदमा नाराबाजी

२५ असार ०७६, काठमाडौं । प्रतिपक्ष दल नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टी(राजपा)ले संसदमा नाराबाजी गरेका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा सुरुमै कांग्रेस र राजपाका सांसदहरुले उभिएर विरोध जनाएका थिए ।

सभामुख कृष्णबहादुर महराले ‘माननीय सदस्यहरुले आफ्नो कुरा हिजो नै राख्नुभयो’ भन्दै बोल्न समय दिएनन् । उनले बस्न आग्रह गर्दै आफूले नयाँ कुरा सुनाउने बताइरहे ।

सभामुखले बोल्न समय नदिएपछि कांग्रेस र राजपाका सांसदहरुले सर्लाही घटनाको छानविन गर्न संसदीय छानविन समिति गठन गर्न माग गर्दै रोष्टम घेराउ गरी नाराबाजी गरेका थिए ।

नाराबाजीकै समयमा सभामुखले प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीलाई सभामा उत्पत्ति भएका बजेटसम्बन्धी विधेयकका सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश जानकारी गराउन समय दिएका थिए । उनले नाराबाजीकै बीचमा राष्ट्रियसभाबाट प्राप्त सन्देश पढेर सुनाएका थिए ।

त्यसलगत्तै सभामुखले अर्को बैठक असार ३० गते दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरेका थिए ।

तपाइको मत