२९ असोज ०७४, काठमाडौं । नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार एक कार्यक्रमको आयोजना गरी विजय गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमसँग पार्टी एकता गर्ने भएका छन् ।
प्रधानमन्त्री देउवाले आइतबार दिनभरि बालुवाटारमा एकताका लागि प्रयास गरे पनि केही विषयमा कुरा नमिलेपछि सोमबार बिहान टुंगोमा पुर्याउने र सोमबार ११ बजेपछि पार्टी एकता घोषणा गर्ने दुई पार्टीका शीर्ष नेताबीच सहमति भएको बुझिएको छ ।
तर, लोकतान्त्रिक फोरमका केही नेताहरु नेपाली कांग्रेससँग एकता गर्ने कुराको विपक्षमा रहेका छन् ।