कांग्रेसका सांसदहरुले एक महिनाको तलब बाढी पीडित उद्दार कोषमा जम्मा गर्ने

३० साउन ०७४, काठमाडाैं । नेपाली कांग्रेसका सांसदहरुले एक महिनाको तलब बाढी पीडित उद्दार कोषमा जम्मा गर्ने निर्णय गरेका छन् ।

आइतबार बसेको कार्य सम्पादन समितिको बैठकले बाढी पीडितको उद्दार र राहत कार्यका लागि एक महिना बराबरको रकम कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

बैठकले सरकारलाई पीडितको उद्दार तथा राहत कार्यलाई तिव्रता दिन पनि आग्रह गरेको छ ।

तपाइको मत