कांग्रेसको तीब्र दबावमा परेपछि ओली आफैं खटिए

७ असार ०७४, झापा । गृहजिल्ला झापामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकै दिन ५ ओटासम्म चुनावी सभामा सहभागिता जनाएका छन् ।

मृगौला प्रत्यारोपणपछि निकै थलिएका ओलीलाई चिकित्सकले धेरै धपेडी नगर्न र भिडभाडबाट टाढा रहन सल्लाह दिइरहेको भए पनि ओली भने राति १ बजेसम्म खटिरहेका छन् ।

ओली दोस्रो चरणमा १ नम्बर प्रदेशबाट बहुमत सहित ५ र ७ मा पनि एमालेलाई पहिलो पार्टी बनाउने अभियानमा रहेका छन् ।

ओली झापामा किन यसरी केन्दि्रत भए ? यो प्रश्नले सुरक्षा प्रमुखहरुलाई समेत घुमाइरहेको छ । ‘झापामा उहाँ यति धेरै खटिएको हामीले पहिलो पटक देख्दैछौं, उहाँको मूभमेन्टलाई हामीले पछ्याउँनै नभ्याउने गरी खटिनुभएको छ’ जिल्लाका एक सुरक्षा अधिकारीले बताए ।

स्रोतका अनुसार एमाले झापामा असन्तुष्टि ठूलो छ । त्यसमाथि कांग्रेसको तीब्र दबावमा परेपछि ओली आफैं खटिएका हुन् ।

तपाइको मत