२१ फागुन ०७४, काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् ।
पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई २५ मतान्तरले पराजित गर्दै पार्टी सभापति देउवा दलको नेता निर्वाचित भएका हुन् । देउवाले ४४ मत पाए भने सिंहले १९ मत पाएका छन् । प्रतिनिधिसभामा कांग्रेसका ६३ सांसद छन् ।
संसदीय दलको नेतामा सभापति देउवासँग पूर्वमहामन्त्री सिंहले प्रतिस्पर्धा गरेका थिए । दलको नेता चयन गर्न सोमबार विहान मतदान भएको थियो ।
अब उनी प्रमुख विपक्षी दलको नेता बन्ने छन् ।













