८ भदौ, काठमाडौं । नेपाली कांग्रेसले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएर बुधबार साँझ सपथ गराउने तयारी गरेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारमा सहभागी हुने मन्त्री चयन गरिसकेको बताउदै मन्त्री छनोटमा कुनै विवाद नरहेको बताएका छन् ।
महामन्त्री शशांक कोइराला निवास टोखामा आयोजना गरको चियापना कार्यक्रममा संचारकर्मीहरुसँग सभापति देउवाले आफू उपचारका लागि शुक्रबार सिंगापुर जाने र बिहीबार सार्वजनिक विदा भएकाले बुधबार सरकारमा सहभागी मन्त्री पठाउने तयारी गरेका हुन् ।
देउवाले नेता कृष्णप्रसाद सिटौला र खुमबहादुर खड्काको सिफारीसमा एक/एक जना र नेता रामचन्द्र पौडेलको सिफारीसमा तीनदेखि चार जना मन्त्री बनाउने तयारी गरेका छन् ।