कांग्रेस उपसभापति पौडेल दिल्ली उड्ने

 १९ पुस, काठमाडौं ।

सोमबार कांग्रेसका उपसभापति रामचन्द्र पौडेल पाँच दिनका लागि भारत जाने भएका छन् ।

ramchandra-paudel copy

पौडेल योगगुरु रामदेवको निम्तोमा भारत जान लागेका हुन् । उनले सोमबार बिहान पतञ्जली योगपीठका नेपाल ट्रस्टी शालिकग्राम सिंहका साथमा दिल्ली पुगेर हरिद्वारमा दुई दिने बस्नेछन । यसै बीच पौडेलले विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंहका साथै प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजित डोभल लगायत अधिकारीहरुलाई भेट्ने कार्यक्रम छ ।

तपाइको मत