२५ असोज ०८२, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक दुई दिन पछाडि धकेलिएको छ ।
असोज २६ मा बोलाइएको बैठक दुई दिनपछि २८ असोजका लागि बोलाइएको काँग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार कार्यसम्पादन समितिका सदस्यहरूको बोल्ने क्रम सकिएको तर केन्द्रीय समितिमा पेश गर्ने एजेण्डा बारे निर्णय लिन आइतबार पनि कार्यसम्पादन समितिको बैठक बस्ने भएकाले केन्द्रीय समितिको बैठकको मिति सारिएको हो ।
बुधबारदेखि बोलाइएको शीर्ष नेताको बैठकमा हिजोदेखि कार्यसम्पादन समितिका सदस्यहरू पनि बोलाइएको थियो ।













